“पुरुष हिंसाको परिणाम डरलाग्दो गरी आएको छ”– पूर्व कानुनमन्त्री तामाङ

काठमाडौं — पूर्व कानुनमन्त्री एव्म सांसद शेरबहादुर तामाङले महिला हिंसाको तुलनामा पुरुष हिंसा डरलाग्दोे गरी आएको बताएका छन् । पछिल्लो समय महिला हिंसाका घटना अभिव्यक्त गर्ने सक्ने भएको तर अझै पनि पुरुष हिंसा भने व्यक्त गर्न नसक्दा यसको परिणती डरलाग्दो गरी आएको बताए ।
काठमाडौं महानगरपालिकाको सहयोग तथा कानूनी सहायता नेपालको आयोजनामा आज(शनिवार) काठमाडौं महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि लक्षित लैंगिक हिंसा र विद्यमान कानूनी व्यवस्था बिषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री तामाङले पछिल्लो समय समाजमा घटेका लैंगिक हिंसाका घटनामा महिला भन्दा पुरुष हिंसाका घटनाको परिणती डरलाग्दो गरी आएको बताए ।
उनले पुरुषले हिंसाका घटनालाई गुम्स्याएर राख्नु एव्म समाजको सोचका कारण परिणती नराम्रो आउने गरेको बताए । उनले महिला हिंसासँग आर्थिक र यौनिक हिंसा जोडिएको भन्दै त्यसलाई कम गर्न एव्म निरुत्साहित गर्न जनप्रतिनिधिको पहिलो कार्यभार भएको बताए । उनले भने ‘देश संघीय मोडालिटीका गएको छ, स्थानिय सरकारलाई प्रसस्त अधिकार प्रत्योजित भएको छ । तिनै अधिकार र कर्तव्यमा टेकी समाजमा हुने विभिन्न किसिमका लैंगिक हिंसा देखी जनताले पाउनु पर्ने सेवा सुविधामा जनप्रतिनिधि चनाखो भएर लाग्नु पर्छ । जनप्रतिनिधिका प्रत्येक पाईला पाईलामा यस्ता समस्या र उल्झन आई पर्छ त्यसको समाधानको लागी जनप्रनिाधि जुनसुकै बेला आफ्नो कर्तव्यमा सरिक हुनै पर्छ ।’
मन्त्री तामाङले समाजमा हुने घटनामा जनप्रतिनिधिको एक सिफारिस एव्म सहि निर्णयले कसैले न्याय पाउने भन्दै त्यस तर्फ ध्यान दिनु पर्ने औल्याए । जनताले विश्वास गएर निर्वाचित गरेका छन् कसैको प्रलोभन र प्रभावमा परेर जघन्य अपराधमा मिलापत्र गराउने काममा प्रतिनिधि लाग्नु हुँदैन उनले भने ‘त्यस्ता घटनामा सहयोगीको भुमिका खेली निष्पक्ष न्यायको लागी पिडित पक्षलाई साथ दिनुपर्ने धारणा राखे ।
नेकपाका नेता समेत रहेका तामाङले न्याय सम्पादनमा पहुँच नपुगेकालाई राज्य स्तरबाटै विभिन्न व्यवस्था गरिएको जानकारी गराए । उनले न्याय सम्पादनमा गैर सरकारी क्षेत्रमा रहेका वकिल,अधिवक्ता र न्यायाकर्मीहरुले गरिब,विपन्नता भएका व्यक्तिहरुलाई निशुल्क रुपमा कत्तिले वकालत गरे भन्नेबारे समेत तथ्याङ्क राख्नुपर्ने नेता तामाङको भनाई थियो । उनले जनताको मर्म र भावना अनुरुप जनप्रतिनिधि लाग्न समेत आग्रह गरे ।
संस्थाका अध्यक्ष राजकुमार प्याकुरेलको सभाध्यक्षमा भएको कार्यक्रममा संस्थाको सस्थापक सदस्य इन्दीरा नेपालले स्वागत मन्तव्य राखेकी थिईन । कार्यक्रमको सहजकर्ता एव्म प्रशिक्षणका रुपमा अधिवक्ता विनोद कुमार लामिछाने र सुस्मा गौतमले जनप्रतिनिधि समक्ष प्रश्न उत्तर सहित प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष एव्म सभाध्यक्ष राजकुमार प्याकुरेलले सबैका लागी कानूनी शिक्षा कार्यक्रम अन्र्तगत देशका विभिन्न ठाँउहरुमा यस्ता कानूनी सल्लाह एव्म प्रशिक्षणका कार्यक्रमहरु सुरु गरिएको जानकारी दिए । उनले संस्थाले हरेक समुदाय र नागरिक समक्ष कानूनी शिक्षा पु¥याउने उदेश्य अनुरुप कार्यक्रम अगाडी बढाईएको बताए ।
अध्यक्ष प्याकुरेलका अनुसार सामाजिक जागरण, सामाजिक सहभागिता,सामाजिक सुरक्षा र न्याय, सामाजिक सहयोग र उत्थान र सामाजिक रुपान्तरण संस्थाले निर्धारण गरेका ५ अवयवहरु भएको भन्दै तिनै अवयवहरुलाई चरणबद्ध रुपमा कार्यन्वयन गर्दै लैजाने बताए । उनले यस्ता कार्यक्रमलाई अझै प्रभावकारी ढङ्गबाट अगाडी बढाउन स्थानिय सरकार जनप्रंतिनिधि लगाएतको साथ र सहयोग अपरिहार्य भएको भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई अझ शशक्त ढङ्गबाट अगाडी बढाईने अध्यक्ष प्याकुरेलको भनाई थियो ।

कानूनी साहायता नेपाल (Legal Aid-Nepal),


कानूनी साहायता नेपाल , संस्था दर्ता ऐन, २०३४” को अधिनमा रहीे २०७४ साल भाद्र २१ गते, जिल्ला प्रशासन कार्यलय, काठमाडौंँमा विधिवत दर्ता भई सञ्चालित एक अविछिन्न उत्तराधिकारीवाला, संगठित, स्वशासित, गैर–नाफामूलक, गैर–राजनीतिक, तथा गैर–सरकारी संस्था (NGO) हो । यस संस्थाको केन्द्रीय कार्यलय का.म.न.पा. वडा नं. २९, अनामनगरमा छ । विषेश गरी कानूनको विद्यार्थीहरुको साझा पहल, प्रयास र प्रतिबद्धताको परिणाम स्वरुप जन्मिएको यस संस्थाले “कानूनको अनभिज्ञता कसैलाई पनि क्षम्य हुँदैन” भन्ने मान्यतालाई मुख्य आधार बनाई समुदायको सहयोग, सहभागिता र परिचालनमा आधारित रहेर समुदायकै निम्ति कानूनी चेतना, सहयोग एवं अधिकार र कर्तब्य बोध गराउँदै सामाजिक परिवर्तन गर्ने लक्ष्य र उद्देश्य राखेको छ